राजनीति

ओलीले बालुवाटारमा लोकतन्त्रविरोधी गुट भेला मात्र गरे : झलनाथ खनाल

पुस १५, २०७७

    काठमाडाैं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएका बताएका छन्। 

    ओलीले बालुवाटारमा संविधान, लोकतन्त्रविरोधी र अराजक मान्छेलाई मात्रै भेला गरेका बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा खनालले आरोप लगाए। साथै ओली ती अराजक व्यक्तिहरुको नायक पनि भएका बताए।

    आफैंले हस्ताक्षर गरी निर्माण गरेको संविधानमाथि प्रधानमन्त्री ओलीले बलात्कार गरेको समेत वरिष्ठ नेता खनालले बताए। संविधानमा नभएको व्यवस्था प्रयोग गरी संसद् विघटन गरिनु संविधान नै विघटन गरेको हुने उनले बताए। 

    प्रधानमन्त्री ओलीमा देखिँदै गएको स्खलनका कारण संविधानलाई नै अस्वीकार अवस्थामा पुगेको उनको भनाइ थियो। ‘संविधान निर्माण गरिसकेपछि उनले पनि हस्ताक्षर गरेका छन् तर आज आफ्नै हस्ताक्षरलाई उनले बलात्कार गरेका छन्। देशमाथि आक्रमण गरेका छन् र संविधानको मर्म र भावनाविपरीत उनले अहिले फेरि संसद विघटन गरेका छन्। संसदको विघटन भनेको संविधानको विघटन हो। संविधानलाई प्वाल पार्ने काम हो। संविधानलाई विध्वंश गर्ने काम हो,’ उनले बताए। 

    देशमा भएको अस्थिरता समाप्त गरी स्थिरता आएको अवस्थामा फेरि प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेलिदिएका पनि खनालले बताए। एक पटक संसद विघटन गरेपछि फेरि चुनाव भए पनि अब बन्ने प्रधानमन्त्रीले समेत संसद विघटन गर्न सक्ने अधिकार ओलीले राखेका उनले बताए।

    'अब यो नजिर हुन्छ। यदि यसलाई नजिरको रुपमा स्थापना गर्ने हो भने हाम्रो मुलुक जसरी विगत ५०/६ वर्षसम्म अस्थिरताको सिकार भयो, फेरि त्यो अस्थिरताको सिकार हुने दिशातर्फ अगाडि बढ्छ।’

    नेपाल कम्युनिष्ट आन्दोलनमा कहिले उग्रवामपन्थी र कहिले दक्षिण वामपन्थी भडकाउहरु हाबी भएको उल्लेख गर्दै अहिलेका ओली पनि दक्षिणपन्थी भड्काउ भएका उनको आरोप थियो।

    प्रधानमन्त्री ओलीले सत्तामा पुग्न पार्टीलाई भर्‍याङ मात्रै बनाएका समेत उनले आरोप लगाए। 

    राजा महेन्द्रले देशमा विभिन्न उद्योगधन्दा निर्माण गरी समाजवादसँग मिल्दो काम गरेको तर समाजवादको नारा बोकेर हिँडेको कम्युनिष्ट पार्टीका नेता ओलीले प्रधानमन्त्री भएपछि केही पनि काम गर्न नसकेका बताए।

    प्रधानमन्त्री ओलीले कामभन्दा धेरै गफ गरेका र त्यस्तै मान्छेलाई उनले लिने गरेका पनि खनालले बताए। 


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]