सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले पेश गरेको...
काठमाडाैं : नेपाली कांग्रेसले यो वर्षको राष्ट्रिय एकता मेलमिलाप दिवसलाई सरकारले गरेको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने भएको छ।
बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न यो वर्षको मेलमिलाप दिवस केन्द्रित हुने बताए।
कांग्रेसले २०३३ साल पुस १७ गते देखि हरेक वर्ष सोही दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ। यो वर्ष मेलमिलाप दिवसको कार्यक्रम ७७ वटै जिल्लामा मनाउने निर्णय कांग्रेसले गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।