राजनीति

'प्रचण्ड–नेपाल समूहले भ्रम फैलाए, म ओलीकै साथमा छु'

पुस १५, २०७७

    धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको महाधिवेशन आयोजक समिति सदस्य राजेन्द्र कुमार राईले आफू ओलीको साथमै रहेको बताएका छन्।

    नेकपा धनकुटाका अध्यक्ष समेत रहेका राईले केही मिडियामा प्रचण्ड–नेपाल समूहमा फर्किएको भन्ने भ्रामक समाचार आएको भन्दै त्यसको खण्डन पनि गरेका छन्। उनले केही मिडियामा कपोकल्पित, भ्रामक र व्यक्तिको राजनीतिक चरित्र हत्या गर्ने दुराशयपूर्ण समाचार आएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका हुन्।

    प्रतिनिधि सभा विघटनपछि दुई समूहमा बाँडिएको नेकपाभित्र उनी प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा लागेका हुन्। उनलाई ओलीले केन्द्रीय सदस्यसमेत बनाएका छन्।

    उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचन वामगठबन्धन तर्फबाट धनकुटाबाट निर्वाचित पनि भएका थिए। उनी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी प्रदेश १ सदस्य र धनकुटा अध्यक्ष भएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]