विश्व

यमनको विमानस्थलमा विस्फोट हुँदा २२ जनाको मृत्यु

पुस १६, २०७७

    यमनको दक्षिणी शहर अदनस्थित एक विमानस्थलमा बम विस्फोट हुँदा २२ जनाको ज्यान गएको छ। ५० जनाभन्दा धेरै घाइते भएका छन्। मारिनेहरूमा अधिकांश सरकारी अधिकारी र कर्मचारीहरू रहेको बीबीसीमा उल्लेख छ। 

    सो जहाजले छिमेकी देश साउदी अरबबाट नयाँ सरकारका सदस्यहरूलाई लिएर आएको थियो। जहाज अवतरण हुनासाथ विमानस्थलमा ठूलो विस्फोट भएको थियो।

    बुधबार भएको हमलाको एक भिडियो सार्वजनिक भएको छ, जहाँ हमला भएको स्पष्ट देखिएको छ। मन्त्रीपरिषद्का नवनियुक्त सदस्यहरूलाई स्वागत गर्न विमानस्थलमा धेरै मानिसहरू उपस्थित भएका थिए।

    त्यहाँका सूचनामन्त्रीले यो हमलाको जिम्मेवार हुथी विद्रोही समूह रहेको बताएका छन्। हुथी विद्रोहीलाई इरानले सहयोग गरिरहेको आरोप लाग्ने गरेको छ। 

    हुथी विद्रोहीहरूले यमनको अधिकांश पश्चिमी हिस्सामा नियन्त्रण गर्दै अरब समर्थित राष्ट्रपति अब्दुरब्बु मन्सुर हादीलाई देश छाडी भाग्न बाध्य पारेका थिए। त्यसपछि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा सैनिक हस्तक्षेप गरेको थियो।

    अहिले यमनको हालत झन् खराब भएको छ। युद्धमा अहिलेसम्म १ लाख १० हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]