मनोरञ्जन

साताव्यापी शास्त्रीय सङ्गीत सम्मेलन सम्पन्‍न

पुस १६, २०७७

    काठमाडौं : नेपाल सङ्‌गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको साताव्यापी शास्त्रीय सङ्गीत सम्मेलन-२०७७ बुधबार सम्पन्न भएको छ। सम्मेलनको अन्तिम दिन प्रसिद्ध नृत्याङ्गना सुविमा श्रेष्ठको कत्थक नृत्य र युवा नृत्यकार स्वजन रघुवंशीको भरतनाट्यम प्रस्तुत गरिएको थियो।

    सङ्गीत प्रवीण नरराज ढकालको शतवार्षिकीका सन्दर्भमा आयोजित सो सम्मेलनमा प्रभुराज ढकाल, प्रतीक ढकाल, शिवराज पौडेल, विष्णुप्रसाद आचार्य, डा. सीता थापा, मनमोहन थपलिया, लावनी चक्रबर्ती (गायन), मोहनप्रसाद जोशी (जलतरङ्ग), रामकुमार अर्याल (सितार), सन्तोषभक्त श्रेष्ठ (इसराज), नगेन्द्र विक्रम राई (बाँसुरी), धनबहादुर गुरुङ (शहनाइ) को वादन र डङ्कनदास चौधरी तथा बदन मण्डलको तबलावादन प्रस्तुत भएको थियो।

    नेपाल शास्त्रीय सङ्गीत समाजसँगको सहकार्यमा मिथिला नेपाल टेलिभिजनका साथै विविध सामाजिक सञ्जालहरूबाबाट सम्मेलनको प्रत्यक्ष प्रसारण भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]