समाज

गुर्जुधारामा टिपरले पैदल यात्रीलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

पुस १६, २०७७

    काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका १० गुर्जुधारा नजिक टिप्परको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ।

    मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका घर भई काठमाडौं थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई काठमाडौं गुर्जुधारा बस्ने २५ वर्षका सुवास गमाल रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।

    बाटो काट्दै गरेका उनीहरुलाई थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा ४ ख २५७७ नम्बरको टिप्परले ठक्कर दिएको थियो। ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। टिप्पर र चालक धादिङ धुनिवेशीका रामचन्द्र थापालाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]