समाज

सर्लाहीको हरिवनमा १३ जना मानसिक रोगी र सडक मानवको उद्दार

पुस १६, २०७७

    सर्लाही : सर्लाहीको हरिवन नगरपालिकामा डक मानव र मानसिक रोगी गरी १३ जनाको उद्दार गरिएको छ।

    नगरपालिकाका विभिन्न स्थानबाट बुधवार ९, लालबन्दी नगरपालिकाको नवलपुरबाट १ र यसअघि हरिवन नगरपालिकाकै वडा नं. ४ पटौनाका एकै घरका ३ जना मानसिक रोगी दाजुभाई गरी १३ जनाको उद्दार गरिएको हो।

    उद्दार गरिएकाहरूलाई हरिवन ९ स्थित नयाँरोडमा रहेको मानव सेवा आश्रमको प्रादेशिक शाखामा लगेर राखिएको संस्थाका राष्ट्रिय संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। उनका अनुसार भाडाको घरमा खोलिएको मानव सेवा आश्रम सञ्चालनका लागि हरिवन नगरपालिकाले सहयोग समेत गरेको छ। 

    आश्रममा २० जनालाई पुग्ने ओढ्ने-ओछ्याउने र २ सय जनालाई खाना बनाउन पुग्ने भाँडासहितका सामग्री सहयोग गरेको हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलले बताइन।

    हरिवन नगरपालिकाले कार्यपालिका बैठकबाट आश्रमका लागि घर भाडा तिर्न वार्षिक दुई लाख रुपैयाँ सहयोग गरेको छ भने आश्रमको आफ्नै भवन निर्माण गर्न नगरपालिकाले ८ लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरिसकेको छ।

    पुस ८ गतेदेखि माघ ८ गतेसम्मका लागि मेची–महाकाली राष्ट्रिय उद्दार कार्यक्रम सञ्चालन गरेको मानव सेवा आश्रमले विभिन्न जिल्लाहरूबाट अहिलेसम्म ५८ जनाको उद्दार गरिसकेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]