समाज

कैलालीको मोहना नदीमा झण्डै ५० डल्फिन फेला

Photo: nastol.com.ua
साउन २, २०७३

    कैलाली : कैलालीको कर्णाली नदीको सहायक नदी मोहनामा झण्डै ५० वटा डल्फिन फेला परेका छन। 

    त्रिभुवन विश्वविद्यालयका जुओलोजी विभागका प्राध्यापक डाक्टर मुकेश चालिसे नेतृत्वको टोलीले गरेको गणना अनुसार मोहना र सहायक नदीहरूमा झण्डै ५० वटा विभिन्न उमेर समूहका डल्फिनको गणना गरिएको हो। 

    कर्णाली र मोहना नदीको दोभान चौगुर्दी घाटदेखि पश्चिम हिम्मतपुरसम्मको मोहना नदीको भाग र यसका सहायक पथरैया, काँडा, कनरा नदीको समेत १५ स्थानमा एकसाथ अस्तिदेखि डल्फिन गणना गरिएको हो। डल्फिन संरक्षण केन्द्र (कैलाली)का अध्यक्ष भोजराज श्रेष्ठ ‘गुलेली बाजेका अनुसार गणना शनिबार सकिएको छ। 

    जनावरविद् डाक्टर चालिसेले केही समयपछि कर्णाली र यसको सहायक गेरुवाका साथै नारायणी, कोसी नदीमा पनि डल्फिन गणनाको तयारी गरिएको जानकारी दिए। ह्वेलसँग निकट सम्बन्ध भएको डल्फिनका ४० प्रजाति हुन्छन।

    खासगरी समुन्द्री क्षेत्रमा पाईने यो जीव मांसाहारी हो। डल्फिनलाई पृथ्वीमा रहेका केही धेरै वुद्धिमान जीव मध्यमा लिइन्छ। यसले मानिसले जस्तै ऐनामा आफूलाई पहिचान गर्ने, चालचलन सिक्ने, अरुमा सहानुभूति राख्ने, संकेतले कुराकानी गर्ने र मानिससंग नजिकिन मन पराउने गरेको छ। 

    सधैं खुसी रहने बानी र मानिससँगको मित्रवत व्यवहारले मानिसको प्रिय जीवका रुपमा समेत परिचित छ। भारतले गंगा नदीमा पाईने डल्फिनलाई राष्ट्रिय जलीय जीव घोषणा गरेको छ। नेपालमा पाईने डल्फिन भारत र बंगलादेशमा मात्र पाइन्छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]