राजनीति

प्रचण्डको एकल निर्णय मान्न नारायणकाजी तयार

फोटोः sojho.com
साउन २, २०७३

    काठमाडौं : एमालेसँगको गठबन्धन भत्काएर सरकारबाट बाहिरिने निर्णयप्रति असन्तुष्टि जनाएका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल निर्णय मान्न तयार भएका छन्। केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारबाट समर्थन फिर्ता लिएर कांग्रेससँग गठबन्धन सरकार बनाउने पार्टीको निर्णप्रति उनले सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएका थिए।

    पार्टीको पोलिटब्युरो र कार्यालय समितिको बैठकले सरकार निर्माणबारे आवश्यक पहल र निर्णय गर्न दिएको जिम्मेवारी अनुसार प्रचण्डले सरकारबाट बाहिरिने र कांग्रेससँग मिलेर सरकार बनाउने एकल निर्णय गरेका थिए।

    सरकारबाट समर्थन फिर्ता र कांग्रेससँग भएको ७ बुँदे सहमतिको समीक्षा गर्न तत्काल कार्यालय समिति बैठक बोलाउन श्रेष्ठले अध्यक्ष प्रचण्डलाई आग्रह गरेपछि प्रचण्डले शुक्रबार बैठक बोलाएका थिए। शनिबार स्थगित भएको बैठक आइतबार बसेको थियो। शुक्रबारको बैठकमा ‘श्रेष्ठलाई मात्रै सोध्नुपर्ने कुनै कारण नभएको’ भन्दै पार्टीका अन्य नेताहरुले प्रचण्डको निर्णयप्रति समर्थन जनाएका थिए।

    आइतबार बसेको बैठकमा नेता श्रेष्ठले आफू पार्टीको निर्णय मान्न तयार भएको औल्याएका छन्। ‘म पार्टी अध्यक्षले पछिल्लो राजनैतिक परिस्थितलाई हेरेर गर्नुभएको निर्णयको सम्मान गर्न चाहन्छु, पार्टीको निर्णयलाई मान्दै एकताबद्ध भएर अघि बढ्न म तयार छु’, श्रेष्ठको भनाई उदृत गर्दै स्रोतले भन्यो। श्रेष्ठले एकताबद्ध भएर जानेमा सहमति जनाएसँगै सोमबार बस्ने बैठकमा पार्टीका सांगठनिक कार्यविधिका बारेमा छलफल हुने माओवादीले जनाएको छ।

    यो पनि पढ्नुस्ः ओली सरकार ढाल्ने प्रचण्डको एकल निर्णय माओवादीमा बन्यो बहस

बुद्ध लोप्चन

लोप्चन थाहा खबरका समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]