काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
ललितपुर: रोटरी क्लब अफ जावलाखेलले महिला सशक्तिकरणका लागि कोष अभिवृद्धि गर्ने उद्देश्यले सांगितिक कार्यक्रम गजल ए मेहफिल गर्ने भएको छ। साउन ८ गते हुने कार्यक्रममा नेपाली गजल गायनमा ख्याति कमाएका गायक आनन्द कार्कीले नयाँ तथा पुराना गजल प्रस्तुत गर्नेछन्।
उनले कार्यक्रममा दर्जनभन्दा बढी नेपाली, हिन्दी तथा उर्दु गजल प्रस्तुत गर्ने आयोजकले जनाएको छ।
नेपालमा हुने सांगीतिक कार्यक्रमहरूमा गजललाई कमै मात्र समेटिने गर्छ। तर, आनन्द कार्कीले यस कार्यक्रममा गजल मात्र प्रस्तुत गर्नेछन्। पछिल्लो समयमा गायक कार्की गायनसँगै रोटरी क्लबमा पनि सक्रिय छन्।
होटल हिमालय कुपन्डोलमा हुने कार्यक्रमबाट संकलन भएको रकम महिला सशक्तिकरणका लागि खर्च गर्ने आयोजकले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।