राजनीति

संघीय गठबन्धनको अबको आन्दोलनः छलफल र गोष्ठी

साउन ३, २०७३

    काठमाडौं : संघीय गठबन्धनले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ। गठबन्धनको आइतबार र सोमबार बसेको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बैठकले देशका १० ठाउँमा अन्तरक्रिया गर्ने निर्णय गरेको गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले जनाएका छन्। सरकार फेरिने तयारीसँगै मोर्चा नरम बनेको हो। 

    यस्ता छन् गठबन्धनका निर्णयः

    १) सङ्घीय गठबन्धनबाट २६ बुँदे माग राखि तेस्रो चरणको संघर्ष अन्तर्गत भएको ३९ दिने रिले अनसनको कार्यक्रम सशक्त एवं प्रभावकारीरुपमा सफल भएको समीक्षा गरिएको छ। संघीय गठबन्धनबाट भएको यस आन्दोलनले सदियौंदेखि शासकहरुले विभाजित गरि राखेको नेपाली जनताहरुको मानसीकतालाई जोड्ने काम गर्दै आमजनसमुदायमा सकारात्मक सन्देश दिन सफल भएको निश्कर्ष सहित आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको छ।

    २) प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विरुद्धमा नेपाली कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापिका संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावको पक्षमा सङ्घीय गठबन्धनमा रहेका संसदवादी दलहरुले मतदान गर्ने निर्णय गरेको छ।

    ३) सङ्घीय गठबन्धनको माग मुद्दा सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निश्कर्ष सहित मुलुकको दश स्थानमा बृहत अन्तरक्रिया गर्ने निर्णय गरिएको छ।

    कहाँ कहाँ हुँदैछन् अन्तर्क्रिया?

    साउन ५ गते    काठमाडौंको क्वालिटी ब्याङकेट बुद्धनगर

    साउन १७ गते   कैलालीको धनगढी

    साउन २२ गते   दाङको घोराही,

    साउन २५       रुपन्देहीको बुटवल

    साउन ३२ गते   मकवानपुरको हेटौँडा,

    भाद्र ४ गते     रौतहटको चन्द्रनिगाहपुर,

    भाद्र ११ गते    महोत्तरीको बर्दिवास

    भाद्र १७ गते    सुनसरीको ईटहरी

    भाद्र २२ गते    झापाको विर्तामोड

    भाद्र २८ गते    मोरङको, बिराटनगर

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]