राजनीति

पौडेलको दबाबपछि देउवाले बोलाए केन्द्रीय समिति बैठक

photo : thahasanchar.com
साउन ३, २०७३

    काठमाडौं : पार्टीमा छलफल नगरी महत्वपूर्ण निर्णय नगर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले दबाव दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार बिहान केन्द्रीय समिति बैठक बोलाएका छन्।

    पार्टीको शीर्ष तह वा केन्द्रीय कार्य समितिको निर्णय बिना नैं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सात बुँदे सहमति गरेको भन्दै नेता पौडेलले आइतबार सभापति देउवालाई भेटेर आग्रह गरे बमोजिम केन्द्रीय समिति बैठक बोलाइएको हो। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी बैठक मंगलबार बिहान ८ बजे पार्टी कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन्।

    देउवा–प्रचण्ड सात बुँदे सहमतिमा हस्ताक्षर गरिसकेपछि मात्र देउवाले अनुमोदनका लागि गत असार २९ गते पार्टी केन्द्रीय कार्य समिति बैठक बोलाएपछि पौडेल पक्ष रुष्ट बनेका थिए। पौडेलले देउवा –प्रचण्डबीच भएको सहमतिलाई पार्टीले अनुमोदन नभई समर्थन मात्र गरेको दाबी गरेका थिए।

    ओली नेतृत्वको सरकारलाई अविश्वासको प्रस्ताव मार्फत ढालेर प्रचण्ड नेतृत्वको सरकारमा जाने निर्णयमा पुगेको कांग्रेसले सरकारमा क कसलाई पठाउने भन्ने बारेमा निर्णय गर्न केन्द्रीय कार्य समिति बैठक बोलाउन पौडेलले सभापति देउवालाई आग्रह गरेका थिए। पौडेलले प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट को को सहभागी हुने भन्ने बिषयमा मापदण्ड बनाउनुपर्ने र सहमति र सल्लाह बमोजिम मात्र मन्त्रीहरुको नाम सिफारिस गर्नुपर्ने माग गर्दै आएका छन्।

    कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महतसहित आइतबार देउवालाई भेटन बुढानिलकण्ठ पुगेको पौडेलले पदाधिकारीको नियुक्तिमा समेत ढिलाइ नगर्न देउवालाई दबाव दिएका थिए।

    पौडेलले बिधान बमोजिम पार्टी केन्द्रीय समितिलाई पूर्णता नदिएको तीन जना पदाधिकारीको चयन नगरेको कुनैं पनि बिभाग, केन्द्र र प्रतिष्ठान गठन गर्न नसकेको भन्दै आलोचना समेत गरेका थिए। उनीहरुले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री पठाउने सम्बन्धमा समेत आफुहरुलाई वेवास्ता नगर्न भनेका थिए।

    मंगलबार बिहान आठ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गरिने केन्द्रीय सदस्य रमेश लेखकले बताए। उनले नयाँ बन्ने सरकारमा कसलाई पठाउने भन्ने कुरा पार्टी केन्द्रीय कार्य समितिले निर्णय नगर्ने जानकारी दिए। लेखकले भने ‘२०४८ सालयताका कांग्रेसका निर्णय हेर्दा कहिलेपनि सरकारमा जाने नेताहरुको बिषयमा केन्द्रीय समितिमा छलफल भएर निर्णइ हुने गरेको इतिहास छैन।'

लिलाराज खनाल

खनाल २०७३ भदौदेखि २०७४ सालभर थाहा खबरमा आबद्ध थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]