राजनीति

देउवालाई भेटेर बालुवाटार पुगे जसपा नेता ठाकुर र महतो

बैशाख २६, २०७८

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका छन्। 

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि ठाकुर र महतो बालुवाटार पुगेको जनाइएको छ। 

    आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनीहरुले भेट गरेका थिए। भेटमा सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष निकालिएको जसपाका नेता डाक्टर सुरेन्द्रकुमार झाले जानकारी दिए।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २७ गते आव्हान गरिएको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र अविश्वासको प्रस्ताव पनि नसार्ने संकेत गरेसँगै आफूहरु पनि तटस्थ बस्ने नेता झा बताए। 

    प्रधानमन्त्री ओलीले सोमबार संसद्मा विश्वासको मत लिँदै छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]