समाज

लुम्बिनी प्रदेशका सांसद् ओलीले कोरोना कोषमा एक महिनाको तलब दिने

जिल्लाका स्थानीय तहले पाँच-पाँच लाख रुपैयाँ छुट्याउने

बैशाख २६, २०७८

    रुकुम (पूर्व) : जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क)बाट निर्वाचित लुम्बिनी प्रदेशसभाका सांसद् तेजबहादुर ओलीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि एक महिनाको पारिश्रमिकबापतको रकम सहयोग गर्ने घोषणा गरेका छन्।

    सांसद् ओलीले कोरोना रोकथामको लागि एक महिनाको पारिश्रमिकबापतको ५० हजार रुपैयाँ जिल्ला विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने घोषणा गरेका हुन्।

    जिल्ला समन्वय समितिको कार्यालयमा दोस्रो भेरियन्टसहितको कोभिड–१९ सम्बन्धि शनिबार जिल्ला स्तरीय समन्वय बैठकमा सांसद् ओलीले नागरिकको  जीवनरक्षाका लागि आफ्नो एक महिनाको पारिश्रमिक रकम सहयोग गर्ने घोषणा गरेका छन्। हाल कोरोना संक्रमण जोखिमको समयमा नागरिकको जीवन रक्षामा लाग्नुपर्ने सबैको पहिलो दायित्व रहेको सांसद् ओलीको भनाइ रहेको छ।

    स्थानीय तहले पाँच-पाँच लाख रुपैयाँ जम्मा गर्ने

    कोभिड–१९ नियन्त्रणको लागि जिल्लाका तीनवटै गाउँपालिकाले तत्काललाई पाँच÷पाँच लाख रुपैयाँ जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने जिल्ला स्तरीय समन्वय बैठकले निर्णय गरेको छ। उक्त रकम विपद्सँग सामाना गर्नका लागि जिल्ला विपद् व्यवस्थापन कोषमार्फत खर्च गरिने जिल्ला समन्वय समितिका सूचना अधिकारी बिमला रोका (श्रेष्ठ)ले जानकारी दिइन्। उक्त बजेट खर्चको लागि तीनवटै गाउँपालिकाका अध्यक्ष रहने गरी जिल्ला स्तरीय बजेट खर्च व्यवस्थापन तथा समन्वय समिति गठन गरिने रोकाले बताइन्। 

    यस्तै, जिल्ला स्थित कर्मचारी, जनप्रतिनिधि, निर्माण व्यवसायी, व्यक्ति र संघसंस्थालाई स्वइच्छाले सहयोग गर्न आह्वान गरिएको बैठकले जनाएको छ।

    जिल्लामा अहिले कोरोना संक्रमितको उपचारको लागि वेड संख्या पर्याप्त छैन। यस्तै पछिल्लो समयमा अक्सिजन दिएर उपचार गर्ने बिरामीहरूको पनि संख्या बढ्दै छ। यस्तो अवस्थामा अक्सिजन, औषधि उपकरण र जनशक्ति सहितको एक सय वेड क्षमताको कोभिड विशेष अस्पताल सञ्चालनको लागि प्रदेश सरकारसमक्ष अनुरोध गर्ने र यसमा स्थानीय सरकारले आवश्यक सहयोग गर्ने निर्णय पनि गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी रोकाले जानकारी दिइन्।

    बैठकबाटै जिल्लामा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरूको दाहासंस्कार गर्नको लागि सिस्ने गाउँपालिका–६ को धाउने, सिस्ने–५ र भूमे गाउँपालिका–४ को धौलापैरा क्षेत्रलाई तोकिएको छ।

    जिल्लामा सक्रिय संक्रमितको संख्या २७ जनामध्येका ६ जना रुकुमपूर्व अस्पताल रुकुमकोटको आइसोलेसनमा उपचारत रहेको र बाँकी संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]