राजनीति

ओली र देउवालाई महन्थको स्पष्ट सन्देश : हामी तटस्थ रहन्छौँ, हाम्रो भर नपर्नू

देउवालाई तत्काल नयाँ सरकारको सम्भावना नभएको जवाफ

बैशाख २६, २०७८

     काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिदैँ गर्दा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर सक्रिय भएका छन्।

    भोलि प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिँदै गर्दा अध्यक्ष आज ठाकुरले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। अध्यक्ष ठाकुरसँग बरिष्ठ नेता राजेन्द्र महतो पनि थिए।

    भेटवार्ताको क्रममा देउवाले अध्यक्ष ठाकुरसँग आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग गर्नका लागि आग्रह गरेका थिए। तर, अध्यक्ष ठाकुरले तत्काल नयाँ सरकार गठनको सम्भावना नभएकाले आफूहरू तटस्थ बस्ने जवाफ दिएको स्रोतले बतायो।

    त्यसो त संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले भने ओली सरकार फालेर नयाँ सरकार बनाउनुपर्नेमा जोड दिइरहेका छन्। तर, बाबुराम–उपेन्द्रले नयाँ सरकार बनाउन चाहेको भए पनि अध्यक्ष ठाकुरले नचाहेका कारण नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्‍न सकेको छैन।

    आफ्ना मागसहित प्रधानमन्त्री ओली र विपक्षी गठबन्धनसँग बार्गेनिङ गरिरहेका अध्यक्ष ठाकुले दुवै पक्षबाट आफ्नो माग सम्बोधन हुने नदेखेपछि तटस्थ बस्ने निर्णय गरेको उनीका निकटस्थहरू बताउँछन्।

    ​देउवाललाई भेटेलगत्तै प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका अध्यक्ष ठाकुरले पनि ओलीको पक्षमा मत नदिने स्पष्ट पारेको जसपा  एक नेताले बताए।

    ‘उहाँले हामीसँग विश्वासको मत माग्नुभयो। तर, हामीले विश्वासको मत दिन सक्दैनौँ। हामी विपक्षीमा पनि जादैनौँ। तटस्थ बस्छौँ भन्ने जवाफ दिएका छन्’ ती नेताले भने।

    प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा विश्वासको मत विपक्षीमा पनि जान नदिने रणनीति बताएका छन्। ओलीले अध्यक्ष ठाकुरलाई आफ्नो पक्षमा ल्याउनका लागि मधेस तथा थरुहट आन्दोलनका १२० जनाको मुद्धा फिर्ता समेत लिइसकेका छन्।

    जसपाले अदालतबाट जन्मकैदको कारबाहीको फैसला भएको सांसद रेशम चौधरी रिहा, संविधान संशोधनलगायतको माग राख्दै आएको छ। तर, प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटन गरेदेखिनै जसपाको बाबुराम–उपेन्द्र पक्षले ओली सरकार फाल्न कांग्रेस र माओवादी केन्द्रसँग निरन्तर वार्ता गरिरहेका छ।

    तर, अध्यक्ष ठाकुरसँग कुरा नमिलेको कारणले अहिलेसम्म नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन। ओली सरकार ढाल्नको लागि एमालेकै माधवकुमार नेपाल समूहसमेत सक्रिय भएर लागेको छ।

    ओलीले पार्टीभित्र आफ्नो पक्षलाई बाइपास गरेर गरेको सबै निर्णय फिर्ता नभएर सांसदहरुले सामूहिक रुपमा राजीनामा बुझाउने अन्तिम तयारीमा छन्।

     

रमेश पराजुली

पराजुली समसामयिक राजनीतिक र सामाजिक विषयमा रिपोर्टिङ गर्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]