समाज

मानिसलाई आक्रमण गर्ने चितुवा गाउँलेले मारे

बैशाख २६, २०७८

    बर्दिया : बर्दियामा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन्। आइतबार बिहान चितुवाले आक्रमण गर्दा बर्दियाको गुलरिया नगरपालिका–१० कालाबञ्जारका ५० वर्षीय इद्रीसी बेहेना र ३० वर्षीय सफिक बेहेना घाइते भएको बर्दिया प्रहरीले जनाएको छ।

    घाइते मध्ये इद्रीसी बेहेनाको गर्धनमा गहिरो चोट लागेको छ। सफिक बेहेनाको अवस्था भने सामान्य छ। भारतीय सीमा नजिक रहेको आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा भारतको जंगलबाट आएको चितुवाले उनीहरुमाथि आक्रमण गरेको थियो।

    इद्रीसीलाई चितुवाले आक्रमण गरेको देखेपछि बचाउन गएका सफिकलाई पनि आक्रमणबाट घाइते बनाएको हो। दुवै जनालाई आक्रमण गरिरहेको देखेपछि बचाउन गएका स्थानीयले प्रतिकार गर्न खोज्दा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय प्रमुख महेन्द्र राज वाग्लेले बताए। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]