स्थानीय निर्वाचन-२०७९

बाँके राप्तीसोनारी गाउँपालिका-६ का वडा सदस्यको कोरोनाले मृत्यु

बैशाख २६, २०७८

    बाँके : कोरोना संक्रमणबाट बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेराको मृत्यु भएको छ।

    सोही स्थान निवासी तथा साबिक फत्तेपुर गाबिसका पूर्व अध्यक्षसमेत रहेका ४९ वर्षीय कसेराको भेरी अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए। 

    वडा सदस्य कसेरा विगत एक सातादेखि भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत थिए। अवस्था गम्भीर बन्दै गएपछि उपचारकै क्रममा उनको आज मृत्यु भएको गाउँपालिका अध्यक्ष थारुले बताए। सुगर र प्रेसरको समस्याले ग्रसित रहेका वडा सदस्य कसेरा विगत १५-२० दिनदेखि कोरोना संक्रमित भई उपचार गराई रहेका थिए।

    योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका १ सय ३७ जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]