राजनीति

एमाले मिलाउने अन्तिम प्रयास, नेम्वाङ भन्छन्- पार्टी एक रहनुपर्नेमा विवाद छैन

बैशाख २६, २०७८

    काठमाडौं : आफू पक्षको सांसद्को हस्ताक्षरसहितको राजीनामा पत्र लिएर संसद् सचिवालयमा पुगेका माधवकुमार नेपालसँग भेटेपछि संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले पार्टी एकता बलिया बनाएर लानुपर्छ भन्नेमा विवाद नभएको बताएका छन्।

    नेता नेपालसँगको छलफलपछि निस्केको नेम्वाङले भने, ‘पार्टीको समस्या र एकताको विषयमा गम्भीर छललफल भयो। प्रधानमन्त्रीको चिन्ता र सरोकारको विषय हामीले राखेका छौँ। उहाँले पनि आफ्नो कुराहरु राख्नुभयो। उहाँको कुरा प्रधानमन्त्रीसमक्ष पुर्‍याउछौँ।’

    पार्टीमा विवाद भए पनि एकतालाई बलियो बनाएर लानुपर्छ भन्नेमा विवाद नरहेको स्पष्ट पारे।

    उनले भने, ‘देखिएको विवादलाई कसरी समाधान गरेर लाने भन्नेबारेमा हामी लागेको छौँ। विवाद टुंगाउनका लागि आधार खोजेर विवाद समाधान गर्नेबारे लागेका छौँ। फेरि हामी छलफल गछौँ। निकास निकाल्छौँ।’ उनले आजै बेलुका या भोलि फेरि छलफल हुने बताए।

    ‘प्रधानमन्त्रीसँग माधव कमरेडको भेटवार्ता पनि हुनसक्छ। हामीहरुसँग पनि हुनसक्छ। तर, हामीले फेरि बस्छौँ’ उनले भने। माधव समूहको राजीनामाबारे उनले चर्चा मात्रै भएको टिप्पणी गरे।

    उनले भने, ‘राजीनामको बिषयलाई चर्चा मात्रै हो। हामीले उहाँलाई सोधेका थियौँ। तर, उहाँले पनि त्यसबारेमा थाहा पाएजस्तो गर्नुभएन।’

    माधव समूहको राजीनामाको चर्चापछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेल र नेम्वाङलाई छलफलका लागि पठाएका थिए। तर, छलफलमा नेता नेपालले आफ्नो बटमलाइन नछाडेकाले ओलीले नै आफनो निर्णयबाट ब्याक हुनुपर्ने अडान राखेका थिए।

    त्यसो त जनता समाजवादी पार्टी जसपाको अध्यक्ष महन्थ ठाकुरले ओलीको पक्षमा मतदान नगरी विश्वासको मत नदिने भए पनि माधव समूहको राजीनामा रोकिएको बुझिएको छ। ओलीले अध्यक्ष ठाकुरको आसमा नै संसद्मा विश्वासको मत लिने निर्णय लिएका थिए। जसपाबाट ओलीको पक्षमा मतदान नहुने भएपछि ओली स्वत: अल्पमतमा पर्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]