राजनीति

ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना छैन : विशाल भट्टराई

बैशाख २६, २०७८

    काठमाडाैं : नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना नरहेको बताएका छन्। 

    आइतबार संघीय संसद भवन नयाँबानेश्वरमा संञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी भित्र ह्विप लाग्ने र सांसदहरुले यो मान्नुपर्ने संकेत गरे। अन्य पार्टीलाई आफूहरुको ह्विप नलाग्ने भन्दै घुमाउरो शैलीमा कुनै पनि सांसदहरुले उल्लंघन गर्न नमिल्ने पनि उनले बताए। 

    '२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जम्मा १ सय २१ सिट जितेको हो। त्यो १ सय २१ सिट संख्या यसपटक प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा उभिन्छ। बाँकी राजनीतिक दलहरुसंग हामीले सहयोग माग्ने मात्रै हो। अरु दललाई हाम्रो ह्विप लाग्दैन। निर्देशन लाग्दैन। प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभएको छ। यदि विश्वासको मत प्राप्त भएन भने विपक्षीमा बसेर हामी मुलुक र जनताको सेवा गर्न तत्पर छौ।'

    एमालेकै नेपाल खनाल समुहले प्रधानमन्त्रीले विश्वासको मत लिन प्रस्ताव पेस गर्नु अगावै राजीनामा दिने कुरामा आफूलाई विश्वास नभएको पनि उनले तर्क गरे। 

    'यसबेला आएर जनताका बीचमा राजीनामा दिएर के भन्दै जाने हो? त्यसकारणले मलाई राजीनामा आउँछ जस्तो लागेको छैन,' उनले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]