राजनीति

सामूहिक राजीनामा अपराध हो, यसमा कोही पनि सहभागी नहुनू : अध्यक्ष ओली

बैशाख २६, २०७८

     काठमाडाैं : नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दलका कुनै पनि सांसदलाई सामूहिक राजीनामा नदिन आग्रह गरेका छन्। उनले यस्तो कार्यलाई 'अपराध' व्याख्या गर्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरूलाई भनेका छन्। 

    आज विज्ञप्ति नै निकालेर ओलीले 'फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने कार्यलाई 'हानिकारक प्रयास' भनेका छन्। 

    ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई  जवाफ दिन्छौं’, उनले लेखेका छन्, ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु।’

    भोलि सोमबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदै छन्। जसका लागि संसदमा विशेष अधिवेशन बोलाइएको छ। आजै माधव नेपाल राजीनामाको तयारी गर्दै संसद सचिवालय पुगेका थिए। तर ओली पक्षका महासचिव विष्णु पाैडेल नेता सुवास नेम्बाङ नेपालको राजीनामा रोक्न संसद सचिवालय पुगेका थिए।

    यी दुई नेतासँगको भेटपछि माधव नेपाल समूहको राजीनामा पनि आज रोकिएको छ। ओलीले आफ्नो कदम नसच्याए नेपाल समूहले आज सामूहिक राजीनामा गर्ने निर्णय गरेको थियो। तर, संसद् सचिवालयमा माधव समूहको सांसद् उपस्थित हुन थालेपछि ओलीले आफू पक्षका दुई नेतालाई पठाएका थिए। 

    दुवै पक्षले आ-आफ्नो कुरा राखेको भए पनि कुरा मिल्न सकेको छैन। नेता नेपाललाई भेटेर फर्केपछि नेता पौडेलले राजीनामाबारे विचार गर्ने आश्वासन दिएका बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]