तनहुँ : पशुधनको सुरक्षा र उत्पादन वृद्धि गर्न तनहुँका १० वटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ। खोप अभियानको क्रममा जिल्लामा रहे...
काठमाडौं : पछिल्लो २४ घण्टामा उपत्यकामा चारहजार बढी कोरोना संक्रमणका नयाँ बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौंमा तीन हजार एक सय ६१ जना,भक्तपुरमा पाँच सय ४ र ललितपुरमा पाँच सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं जिल्लामा २७ हजार ६ सय ६० सक्रिय संक्रमित रहेका छन् भने आठसय २६ जनाको मृत्यु भएको छ। भक्तपुरमा तीन हजार ९ सय १२ जना सक्रिय संक्रमित रहेका छन् भने, एक सय ७२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यस्तै,ललितपुरमा ६ हजार १० जना सक्रिय संक्रमित छन्। ललितपुरमा हालसम्म दुई सय ३४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।