राजनीति

ओलीलाई माधव समूहले दियो भोलि ९ बजेसम्मको अल्टिमेटम

बैशाख २६, २०७८

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधव कुमार नेपाल समूहले भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिएको छ।

    आइतबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले अध्यक्ष ओलीलाई सच्चिन भोलि ९ बजेसम्मको अल्टिमेटम दिएको नेता योगेश भट्टराईले बताए।

    ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता नजनाए भोलि कठोर निर्णय लिन बाध्यता हुने उनले बताए।

    ‘यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत् अवस्थामा फर्कनुपर्छ भन्ने हो। हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौ’ भट्टराईले भने,‘सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिवद्धता खोजेका छौ त्यसका लागि भोलि विहान ९ बजेसम्मको समय दिएका छौ।’

    उनले ओलीले विहान ९ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे भोलि नै बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]