स्थानीय निर्वाचन-२०७९

बैतडीमा संक्रमित वृद्धाको मृत्यु, मृतक संख्या पाँच

बैशाख २७, २०७८

    वैशाख : जिल्ला अस्पताल बैतडीमा उपचाररत एक वृद्धाको सोमबार मृत्यु भएको छ।  मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका ५ की ६२ वर्षीया महिला रहेकी जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। 

    कोरोना संक्रमित भएर यही वैशाख २३ गते अस्पताल  भर्ना भएकी ती वृद्धाको अक्सिजनको सपोर्टमा उपचार भइरहेको थियो। अक्सिजनको सपोर्टमा उपचार भइरहेको भए पनि श्वासप्रश्वासमा गम्भीर समस्या देखिएकोले सोमबार अस्पतालमै मृत्यु भएको  हो।

    मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ। योसँगै बैतडीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

    यसअघि वैशाख २५ गते मेलौली नगरपालिका २ का ५८ वर्षीय पुरुष, वैशाख २४ गते  पाटन नगरपालिका ४ का ४० वर्षीय पुरुष, वैशाख २२ गते  पाटन नगरपालिका १ का  ४२ वर्षीय  पुरुष र वैशाख १४ गते दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३२ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको थियो। 

    बैतडीमा हाल  कोरोनाका ६ सय बढी  सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। जसमध्ये अधिकांश होम आइसोलेसनमै रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]