काठमाडौँ : राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्। राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले आइतव...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जोगाउने भए आफूलाई मत दिन आग्रह गरेका छन्।
विश्वासको मत माग्ने प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ‘साथीहरुलाई संसद विघटन होला कि भन्ने चिन्ता छ, उनले भने मत दिनुस् न कसरी विघटन हुन्छ ? आफैं मत नदिइ नदिइ विघटनतिर धकेल्ने अनि अर्कालाई अपजस लगाउने ?
उनले स्थिरताको पक्षमा काम गर्न र संविधानको मर्म अनुसार पाँच वर्ष सरकार टिक्ने वातावरण बनाउन पनि आग्रह गरे। ‘भाषा एउटा काम अर्को, कुरा एउटा व्यवहार अर्को नगरौं, मुद्दा लडेर ल्याएको संसद बचाऔँ न! उनले भने भोट दिऔं। तर काम चाहिँ अर्को भएपछि मैले गरूँ के ?
यस्तै ओलीले आफ्ना अभिव्यक्तिलाई बङ्ग्याएर गलत राजनीतिक प्रचार गरिएको बताए। मधेस आन्दोलनलाई ‘माखे साङ्लो’ भनेको भनी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लगाएको आरोपको खण्डन गरे।
‘नेपालको राजनीति माखे साङ्लो जस्तो भयो भनेको थिएँ। मान्छेलाई माखा भन्यो भनेर हल्ला चलाइयो। मैले त्यतिबेलै स्पष्ट पारे। माखे साङ्लो भनेको झिँगाको साङ्लो होइन। एक प्रकारको यन्त्र हो, त्यो जटिल हुन्छ’, ओलीले भने। यस्तै अर्को प्रसंगमा ओलीले भने,‘मैले केही आँप झरेर बोट खाली हुँदै भनेको थिएँ। मरेका शहीदलाई दुई-चार आँप झर्यो भन्यो भनेर तराईमा झूठो प्रचार गरियो। यस्तो छुद्र राजनीति नगरौं।’
धरहरा बनेको छैन भन्ने सांसदलाई ओलीले भोलि नै गएर धरहरामा चढेर हेर्न पनि सुझाए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।