स्वास्थ्य

थाहा समाचार प्रभाव : मेची कोभिड उपचार केन्द्रमा जनशक्ति थपिने

बैशाख २७, २०७८

    झापा : भद्रपुरस्थित मेची अञ्चल अस्पताल मातहत रहेको मेची कोभिड–१९ उपचार केन्द्रमा संक्रमित बिरामीहरू उपचार नपाएर छटपटाइरहेको सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि भद्रपुर नगरपालिका कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।  

    मेची कोभिड उपचार केन्द्रमा छैनन् जनशक्ति र अक्सिजन ‘श्रीमानलाई कसरी बचाउनू? भगवान् भरोसामा छु’, भन्ने शीर्षकमा थाहाखबरमा आइतबार समाचार प्रकाशन भएको भोलिपल्टै भद्रपुर नगरपालिकाको त्यस विषयमा गम्भीर ध्यानाकर्षण भएको हो। 

    भद्रपुर नगरसहित जिल्लाभरि कोरोना भाइरसका संक्रमित सङ्ख्या बढ्दै गएको र जनशक्तिको अभाव पनि देखिएकोले मेची कोभिड उपचार केन्द्रमा जनशक्ति थप्ने व्यवस्था नगरपालिकाले गरिदिएको छ।

    जिल्लाका अन्य पालिकाहरूले चिकित्सकसहितको संस्थागत आइसोलेसन व्यवस्था गरिरहेको बेला आफ्नै नगरभित्र रहेको अस्पतालको उपचार केन्द्रमा भद्रपुर नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट दुई जना मेडिकल अफिसर, एक जना स्टाफ नर्स र दुई जना हेल्थ असिस्टेन्टको व्यवस्था गरिदिएको नगरका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिए।

    सो स्वास्थ्यकर्मीहरुले मेची कोभिड उपचार केन्द्रमा सेवा गर्नेछन्। सोमबार नगरपालिकाको सभा हलमा मेयर श्रेष्ठ, मेची अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेल, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा पीताम्बर ठाकुर, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शान्तिराम भट्टराईसहित छलफलमा मेचीमा थप अक्सिजन प्लान्ट सञ्चालनका लागि पनि नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको छ। अक्सिजन आवश्यक पर्ने बिरामीको सङ्ख्या निकै बढेकोले अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग गर्ने निर्णय गरिएको मेयर श्रेष्ठले बताए। 

    त्यसैगरी नगरपालिकाले नगरभित्रका गम्भीर अवस्थाका कोरोना संक्रमित बिरामी बोक्न एम्बुलेन्ससमेत सञ्चालनमा ल्याएको निर्णय गरेको छ।

    भद्रपुर नगरपालिका– १० निवासी ५० वर्षीय श्रीमानलाई उनकी श्रीमती माया आफैंले शनिबार बेलुका साढे ७ बजे मेची कोभिड उपचार केन्द्र लिएर आएकी थिइन्। शुक्रवार बेलुका श्रीमानलाई उपचार केन्द्रमा ल्याए पनि केन्द्रमा खटिने चिकित्सक तथा नर्सको टोलीले आएर नहेरिँदा उनी तनाव थिइन्।

    श्रीमानको उपचारमा कोही नआएपछि श्रीमानसँगै कुरुवा बसेकी मायाले अन्ततः सञ्चारकर्मीगुहार्दै थाहाकर्मीको सम्पर्क आएकी थिइन्। केन्द्रमा  ‘अक्सिजन नहुनु, अक्सिजन लगाउने मान्छे नहुनु, चिकित्सक तथा नर्स नआउनु यस्तो पीडा कहिले जीवनमा भोगेकी थिइन,’ उनले बताएकी थिइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]