राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै

बैशाख २८, २०७८

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन्। 

    बैठक दिउँसो ३ बजे  देउवा निवास बुढानिलकण्ठमा बस्ने कांग्रेस नेता रमेश लेखकले जनाकारी दिए। यस अघि सभापति देउवाले शीर्ष नेतालाई छलफलका लागि २ बजे बुढानिलकण्ठ बोलाएका थिए। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई थाहै नदिइ देउवाले छलफल गर्न लागेको भन्दै आपत्ति जनाएपछि देउवा पछि हटेको बुझिएको छ। 

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै देउवाले यसबारे छलफल गर्न बैठक डाकेका हुन्। 

    बैठकमा कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारी सहभागी हुने लेखकको भनाइ छ। । पदाधिकारी बैठक लगत्तै कांग्रेसले अन्य विपक्षी दलका नेताहरुसँग छलफल गर्ने तयारी गरेको लेखकले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]