काठमाडौं : आगामी ५ दिनसम्म देशको तराई भेगमा तातो हावा चल्ने सम्भावना रहेकाले त्यसको असरबाट बच्न मौसमविद्ले तराईवासीलाई सुझाव दि...
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नालाई कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार रातिदेखि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि मन्त्री ठगुन्नाले मंगलबार कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको सामाजिक सन्जालमार्फत मन्त्रीको सचिवालयले जनाएको छ।
हाल मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार उपचार भइरहेको सचिवालयले जनाएको छ। यसबीचमा मन्त्रीसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सतर्कताका लागि अनुरोध गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।