समाज

कञ्चनपुरमा निषेधाज्ञा उल्लंघन गर्ने सात हजार बढीलाई कारबाही

बैशाख ३१, २०७८

    कञ्चनपुर : कोरोनाको संक्रमण उच्च रूपमा बढ्दै जान थालेपछि कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिए पनि त्यसलाई उल्लंघन गर्ने कार्य भने रोकिएको छैन।

    सुरक्षा निकायले निषेधाज्ञा पालना गराउनका लागि दैनिक सडक, बजार क्षेत्रमा जोखिमको बेवास्ता गर्दै खटिएका छन्। निषेधाज्ञाको पालना नगर्ने, स्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यक्ति तथा सवारीसाधानमाथि प्रहरीले कारबाहीसमेत गर्दै आएको छ।

     जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार दुई साताको अबधिमै निषेधाज्ञा तोडने सात हजार ९५६ सवारी साधन र व्यक्तिलाई कार्वाही गरिएको छ।

     वैशाख १६ गते देखि जारी गरिएको निषेधाज्ञाको अबधिमा चार हजार ४३० व्यक्ति पाँच हजार ९९७ साना सवारी साधन र एक हजार ६० ठुला सवारी साधन गरी सात हजार ९५६ लाई कारबाही गरिएको छ।

     ‘कोरोना महामारीका बेला जारी निषेधाज्ञा तोड्ने प्रेमी जोडी, मदिरा ओसार्नेदेखि तोकिएको मापद भन्दा बढी विवाहमा जन्ती लैजाने माथिसमेत कारबाही भएको छ’ प्रहरी नायव उपरीक्षक थापाले भने, केहीलाई सम्झाई बुझाई र केहीलाई जरिवाना गरेका छौं। तोकिएको मापदण्डभन्दा बढी जन्ती लैजानेको सवारी साधन होल्ड समेत गरिएको छ।’

    दुई साताको अवधिमा मात्रै सात हजार ५७५ मानिसलाई सम्झाई बुझाई गरेर प्रहरीले छाडेको जनाएको छ। सोही क्रममा सात हजार ७४८ जनालाई मास्क वितरण गरेको छ। सोही क्रममा दुई सय ८१ जनालाई नगद जरिवाना गरेर छाडिएको छ। जरिवाना बाफत रु १४ हजार २०० राजस्व समेत अशुल गरेको छ।

     प्रहरीको तथ्याङ्कअनुसार लकडाउन उल्‍लंघन गर्नेमा महिलाभन्दा बढि पुरुष देखिएका छन। निषेधाज्ञा उल्लंघन गर्नेमा ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला छन्।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]