समाज

झापामा संक्रमित पत्रकारको घर–घरमा पोसिलो खानेकुरा, औषधि र स्वास्थ्य सामग्री

बैशाख ३१, २०७८

    झापा : नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना संक्रमित पत्रकारहरूको घर–घरमा पोसिलो खानेकुरा, औषधि र स्वास्थ्य सामग्री पुर्‍याउन थालेको छ।

    जिल्लामा संक्रमित पुष्टि भएका पत्रकारहरूको मनोबल बढाउनुका साथै स्वास्थ्य लाभको कामनासहित महासङ्घले स्वास्थ्य सामग्री र पोसिलो खानेकुराको प्याकेज घर–घरमा पुर्याउने अभियान थालेको हो।

    महासङ्घको टोलीले पत्रकारहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग र समन्वयलाई समेत निरन्तरता दिँदै आइरहेको महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले जानकारी दिए।

    हालसम्म झापाका २७ पत्रकार कोरोनाबाट संक्रमित भएका छन्। एकजनाको निधन भएको छ भने हाल १३ जना होम आइसोलेसन बसेका छन्।  पत्रकारहरू नरेन्द्र ढकाल, भीमा सिवाकोटी, गोपाल काफ्ले, पारस तिम्सिना, पुष्प बराल, दीपेन्द्र पौडेल, राजु अधिकारी, सन्तोष आचार्य, पर्वत पोर्तेल, विगम श्रेष्ठ, गोपिन पोखरेल, केशव धिताल, अनिता भेटवाल, गौरव पोखरेल र विरु दर्नालको घर-घरमै पोसिलो खानेकुराको प्याकेज हस्तान्तर गरेको जनाइएको छ।

    संक्रमित भेटवाल र पोखरेललाई काठमाडौँमा प्याकेज उपलब्ध गराएको अध्यक्ष गिरीले बताए।

    महासङ्घले औषधि सामग्री र पोसिलो खानेकुराको प्याकेजसहित पत्रकारको पिसीआर परीक्षण, एक्स–रे जाँच र आवश्यकता परेको खण्डमा अस्पतालसँग समन्वय गरेर उपचारको लागि व्यवस्था पनि मिलाइएको उनको भनाइ छ।

    साथै पत्रकार महासंघ प्रदेश नम्बर १ को पहल तथा झापा शाखाको समन्वयमा संक्रमित १० जना पत्रकारको घरमा मेची अञ्चल आयुर्वेद औषधालय (अस्पताल) इलामको टोलीले आयुर्वेद औषधि वितरण गर्नुका साथै श्वासप्रश्वासमा लाभ पुग्ने विभिन्न योग विधिसमेत सिकाएका थिए।

    अस्पतालका वरिष्ठ कविराज निरीक्षक तीर्थराज आचार्य नेतृत्वको टोलीले औषधि वितरण र योग विधि सिकाएका हुन्। टोलीले अश्वगन्धा चूर्ण, गुडुची चूर्ण, जेठी मधु, त्रिकटु लगायतका औषधि वितरण गरेको थियो। त्यस क्रममा संक्रमित पत्रकार र पत्रकारका परिवारलाई भस्त्रीका प्रणायम्, कपालभाती प्रणायम्, अनुलोम विलोम प्रणायम्, उज्जयी प्रणायम्, हस्त पदासन, ताडकासन लगायतका योग विधि सिकाइएको जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]