समाज

सेनाकाे हेलिकोप्टरबाट गर्भवतीको उद्धार

बैशाख ३१, २०७८

    सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

    माप्यदुधकोशी गाउँपालिका–१ जुभिङकी २६ वर्षीया सुस्मीता राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरि काठमाडौं लगिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरि काठमाडाैंस्थित प्रसूतीगृह थापाथलीमा पठाइएको जानकारी दिए।

    दुई दिनदेखि सुत्केरी ब्यथा लागेकी राईलाई माप्यदुधकोशीको बासा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा उपचार संभव नभएपछि थप उचारको लागि रेफर गरिएको थियो। बिहीबार नै उद्धारको लागि पहल गरिएको भएपनि मौसम प्रतिकुल हुँदा उद्धार हुन सकेको थिएन।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]