स्थानीय निर्वाचन-२०७९

सुर्खेतमा निषेधाज्ञा अवधि जेठ १५ गतेसम्म

जेठ १, २०७८

    सुर्खेत : सुर्खेतमा निषेध आदेश जेठ १५ गतेसम्म लम्बिएको छ। कोभिड १९ को नयाँ भेरियन्ट सहितको संक्रमण तीव्र रूपमा बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै कडाइका साथ प्रशासनले दुई हप्ता निषेधाज्ञा थपेको छ।

    जिल्ला प्रशासन कार्यालय सुर्खेतको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबार राति १२ बजेदेखि जेठ १५ गते राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा थप गरेको हो। संक्रमण बढेपछि सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा गरिएको छ।

    उक्त निषेधाज्ञा उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम एक महिना कैद वा १०० रुपैयाँ जरिवाना हुने जनाएको छ। निषेध आदेशमा पनि संक्रमणदर कम भएको छ।

    पछिल्लो २४ घण्टामा मात्रै सुर्खेतमा एकसय ८२ जना संक्रमित थपिएका भने योसँगै सुर्खेत जिल्लाभर करिब २,८३४ जना कोरोनाका सक्रिय बिरामी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]