समाज

दाताबाटै उठ्यो पत्रकार कोभिड कोषमा ७ लाख

जेठ १, २०७८

    सिन्धुपाल्चोक : नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुका लागि स्थापना गरेको कोभिड–१९ पत्रकार राहात कोषमा सात लाख बढी रकम जम्मा भएको छ।

    कोषमा शनिबार सम्म विभिन्न सहयोगी दाताहरुबाट सात लाख २८ हजार दुई सय ४१ रुपैयाँ जम्मा भएको हो। कोषमा स्वदेश र विदेशमा रहेका विभिन्न व्यक्तिहरुले स्वस्फूर्त रुपमा सहयोग गरेको महासंघले जनाएको छ।

    यो अभियान अझैं केही दिन सम्म जारी रहने पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले जानकारी दिए। कोभिड महामारीको बीचमा पनि जिल्लाबासीलाई सूचनाका लागि दुर्गम बस्तीहरुमा समेत सञ्चारकर्मीहरु पुग्नु पर्ने र यसबाट पत्रकारहरु जोखिममा परेकाले उनीहरुको लागि कोषबाट रकम खर्च गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

    ‘हामीले कोरोना कहरको बीचमा समाचार संकलन गर्दा हुनसक्ने जोखिम बहन गर्न यो कोष स्थापना गरेका हौं’ अध्यक्ष श्रेष्ठले भने। महासंघले कार्यविधि बनाएर कोषको रकम खर्च गर्ने उपाध्यक्ष दिनेश थापाले बताए।

    पत्रकार महासंघले स्थापना गरेको कोषमा हालसम्म सबैभन्दा बढी रकम नेकपा एमालेका नेता समेत रहेका भोटेकोशी गाउँपालिका–५ मार्मिङका छिरीङ शेर्पाले एक लाख सहयोग गरेका छन्।

    त्यसैगरी जल तथा ऊर्जा आयोगका सदस्य  रामप्रसाद धितालले ५० हजार पाँच सय, काठमाडौं महानगरपालिकाका पूर्व वरिष्ठ इन्जिनियर एवं नेकपा एमालेका नेता गम्भीरलाल श्रेष्ठले ५० हजार सहयोग गरेका छन्।

    श्रेष्ठले चौतारा अस्पतालमा कोभिड सक्रमण भएर भर्ना भएका बिरामीहरुका लागि थप ५० हजार सहयोग गरेका छन्। सो कोषमा संस्थागत रुपमा प्रेस युनियन सिन्धुपाल्चोकले पनि २५ हजार सहयोग गरेको छ।

    त्यस्तै सुनकोशी गाउँपालिकाकी समाजसेवी मसिना भण्डारीले २५ हजार र सोही गाउँपालिका घर भई हाल अमेरिकामा रहेका उद्धव प्याकुरेलले पनि २५ हजार सहयोग गरेका छन्। ५० हजार भन्दा माथि सहयोग गर्नेहरुलाई महासंघले सम्मान गर्ने जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]