काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। गत मंगलबा...
काठमाडौं : नेपाली कांग्रेसले कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था नआउन सरकारले यथाशीघ्र आवश्यक आयात गरी समयमा नै दिने व्यवस्था गर्न माग गरेको छ।
कांग्रेसले ज्येष्ठ नागरिकलाई पहिलो खोप दिइए पनि हालसम्म दोस्रो मात्रा दिन बाँकी रहेकाले यथाशक्य चाँडो दिने व्यवस्था गर्न पनि माग गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई टेलिफोन गरी सो विषय र कोभिड–१९ रोकथाम, न्यूनीकरण तथा उपचारका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन्। उनले तत्काल अक्सिजन सिलिण्डर आयात गर्नेदेखि उत्पादक कम्पनीलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्नसमेत अनुरोध गरेका कांग्रेस संसदीय कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।