काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद आरजू राणा देउवाको हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको छ।&nbs...
काठमाडौं : साँखुस्थित सुषमा काेइराला मेमोरियल अस्पतालले काेभिडका बिरामीलाई ५० प्रतिशत छुट दिइने भएको छ। शंखरापुर नगरपालिकाले यसका लागि अस्पतालसँग सम्झौता गरेको छ।
नगरपालिकाका प्रवक्ता हितमान तामाङले २५ प्रतिशत नगरपालिकाले व्यहोर्ने र २५ प्रतिशत अस्पतालले व्यहोर्ने गरी सम्झौता भएको बताए। ‘नगरपालिका र अस्पतालले २५–२५ गरी ५० प्रतिशत खर्च व्यहोर्ने छ भने, बिरामीले ५० प्रतिशत मात्रै व्यहोर्नुपर्ने गरी सम्झौता भएको छ,’उनले भने।
उनले उपचाररत बिरामीलाई अक्सिजन अभाव हुन नदिन नगरपालिकाले सक्दाे अक्सिजनको व्यवस्था गरिरहेको जानकारी दिए। भने,‘अक्सिजन प्लान्ट सञ्चालन गर्न सक्दैनौ, तै पनि अरु ठाउँबाट हामी अक्सिजन व्यवस्था गरिरहेका छौ।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।