स्वास्थ्य

संक्रमितको अबस्था बुझ्न कर्मचारीकाे टाेली घरघरमा

जेठ ४, २०७८

    रौतहट : कोरोना संक्रमितको अवस्था बुझन स्थानीय प्रशासनको टोली घरघर मै पुग्न थालेको छ। इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्रराज निरौलाको नेतृत्वको टोलीले होम आइसाेलेशनमा बसेकाहरुको अवस्था बारे बुझन घरघरमा पुग्न थालेको हो।

    मंगलबार उपसचिव निरौलाको टोलीले चन्द्रपुर नगरपालिका–२ का होम आइसाेलेशनमा बसेका संक्रमितहरुको अवस्था बारे जानकारी लिएको छ। संक्रमितहरु कुन अवस्थामा बसेका छन् र उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ भनेर जानकारी लिएको उपसचिव निरौलाले बताए।

    केही संक्रमितहरु खुलेयाम हिँडिरहेको जनगुनासो आएपछि स्थलगत अनुगमन थालिएको निरौलाले बताए। टोली संक्रमितहरुलाई भेटेर सुरक्षित बस्नसमेत आग्रह गरेको छ।

    इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लीलाराज लामिछानेले कोही संक्रमित खुलेयाम हिडेको पाइएमा कानुन अनुसार कारबाही हुन्छ भनेर सचेत गराएको बताए। कोरोना नियन्त्रण आम नागरिकको दायित्व भएकोले पनि सबै सचेत रहनुको विकल्प नभएको उनले बताए। निषेधाज्ञा अवधिमा कोही पनि घरबाट ननिस्कन समेत उनले आग्रह गरे। 

    स्वास्थ्यकर्मी नआएको संक्रमितको गुनासो

    अनुगमन टोलीसँग संक्रमितहरुले स्वास्थ्यकर्मी अहिले सम्म नआएको र कुनै किसिमको सम्पर्क नगरेको गुनासो गरेका छन्। संक्रमित भएको तीन दिन बितिसक्दा पनि स्वास्थ्यकर्मी नआएको उनीहरुले गुनासो गरे।

    शंका लागेको भरमा पिसिआर गरियो, रिर्पोट पोजेटिभ आयो तर अहिले सम्म कसैले पनि रिर्पोट कस्तो आयो भनेर खबर नगरेको एक संक्रमितले बताए। आफु कोरोना संक्रमित भएको पनि आफैले खोजखबर गरेपछि मात्रै थाहा पाएको उनले बताए।

    होम आइसाेलेशनमा कसरी बसेको छ ? औषधि के–के सेवन गरेको छ ? संक्रमितको अवस्था कस्तो छ ? भनेर अहिले सम्म कसैले पनि चासो नदिएको उनीहरुको गुनासो छ।

    ५६ जनाको ज्यान गयो

    अहिले सम्म रौतहटमा कोरोनाको संक्रमणबाट ५६ जनाले ज्यान गुमाएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिए। जिल्ला भित्र ३२ जना र अन्य बिभिन्न जिल्लामा २४ जना गरी ५६ जनाको ज्यान गएको उनले बताए।

    मंगलबार मात्रै तीन जानको ज्यान गएको छ। अहिले सम्म रौतहटमा आठ सय ११ जना संक्रमित छन् भने एक सय १३ जना निको भएर घर गइसकेका छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]