स्थानीय निर्वाचन-२०७९

सेरमले कोभिड भ्याक्सिन भारतबाहेक अरू देशमा तत्कालै नपठाउने

जेठ ५, २०७८

    काठमाडौं : भारतको सेरम इन्स्टिच्युटले कोभिड भ्याक्सिन भारतबाहेक अरू देशमा तत्कालै नपठाउने जानकारी दिएको छ। 

    पछिल्लो समय कोरोना विरुद्धको खोप उत्पादन गर्दै आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल निर्यात नगर्ने जानकारी दिएको हो। 

    यता सेरमले तत्कालै खोप निर्यात नगर्ने बताएपछि नेपाल सरकाले यसअघि खरिद गरेपनि आउन बाँकी रहेको १० लाख खोप तत्काल आउने सम्भावना टरेको छ। नेपालले २० लाख डोज खोप खरिदका लागि सेरमलाई रकम बुझाए पनि १० लाख डोज खोप अझै आएको छैन।

    अब तत्काल खोप नआए गत फागुन २३ गतेबाट पहिलो डोज लगाएका ६५ वर्षमाथिका नागरिकले दोस्रो डोज लगाउने कार्यक्रम प्रभावित हुने सम्भावना बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू बताउँछन्। 

    ‘यसअघि १० लाख पठाएको एक हप्ताभित्र पुन: १० लाख डोज पठाउने सम्झौता भएर दोस्रो चरणको खोप अभियान शुरू गरियो, सो खोप अहिलेसम्म आइपुगेको छैन, अब झट्टै खोप आउने सम्भावना नभएपछि  दोस्रो चरणमा कोभिसिल्ड खोप लगाएकाहरूले लगाउनुपर्ने दोस्रो मात्रा खोप कार्यक्रम प्रभावित हुने सम्भावना छ,‘ मन्त्रालयका एक अधिकारीले भने। 

    भारत सरकारले अहिले खोप निर्यातमा रोक लगाएको छ। कम्पनीले सन् २०२१ को अन्त्यतिरबाट मात्रै अन्य देशमा खोप निर्यात गर्न सकिने बताएको छ।

    खोप खरिदका लागि रकम बुझाइसकेका देशको विषयमा पनि सेरमले प्रष्ट रूपमा उल्लेख गरेको छैन।

    सेरम संसारमा धेरै खोप उत्पादन गर्ने मध्येको कम्पनी हो।

    सेरमले जारी गरेको प्रेस विज्ञप्ति :

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]