समाज

भूकम्पको धक्काले तनहुँमा घर भत्कियो

फाइल फोटो ।
जेठ ५, २०७८

    तनहुँ : लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ।

    ५.८ म्याग्‍निच्यूड क्षमताको भूकम्पका कारण व्यास–१४ कुलुङका कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो। 

    विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार घरको माथिल्लो तलाको भागमा क्षति पुगेको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ। भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएका थिए।

    आज विहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ नै केन्द्र भएर भूकम्प गएको थियो। फेरि, ८ बजेर २६ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दू भएर ५ दशमल ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

    यी दुवै गोरखा भूकम्पको पराकम्प भएको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]