समाज : सुरक्षा/अपराध

सशस्त्र प्रहरीको गोलीबाट पश्चिम नवलपरासीमा एक युवक घाइते

घटनास्थल
जेठ ५, २०७८

    नवलपरासी : पश्चिम नवलपरासीको भारतीय सीमा क्षेत्र सुस्ता गाउँपालिका–५ बनकट्टी टुटहा खोला नजिकै सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्। प्रतापपुर गाउँपालिका–६ का करिब २२ वर्षीय विनाश राजभर घाइते भएको प्रहरीले जनाएको छ। उनको  खुट्टामा गोली लागेको छ। 

    बुधबार बिहान केही युवाहरु भारततर्फ जान खोजेको तर निषेधाज्ञा भएका कारण जान नमिल्ने भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए। यही कारण ती युवा र सुरक्षाकर्मीबीच विवाद भएको बताइएको छ। विवादपछि अविनाशसहित केही युवाहरुले ड्युटीमै रहेका सशस्त्र प्रहरी नायव निरीक्षक शंकर बुढाथोकीलाई आक्रमण गरेकाले हवाई फायर गरेका सशस्त्र प्रहरी बल २६ नम्बर गण वेलासपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीले बताए।

    अधिकारीका अनुसार  स्थानीय युवाहरुको आक्रमणबाट गर्दा प्रहरी नायब निरीक्षक बुढाथोकीको टाउको र हातमा गम्भीर चोट लागेको छ। अन्य तीन जना घाइते भएका छन्। घटनाबारे अनुसन्धान भैरहेको अधिकारीले बताए। घाइते अविनाशको सहिद स्मृति अस्पताल चौपत्तामा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि बुटवल रिफर गरिएको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]