समाज

पाल्पा अस्पतालमा अक्सिजन प्लान्टका लागि डेढ करोड बजेट

जेठ ५, २०७८

    पाल्पा : पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि डेढ करोड बजेट विनियोजन भएको छ। नेपाल सरकार अर्थ मन्त्रालयबाट मंगलबार एक करोड ५० लाख बजेट विनियोजन भएको छ। पाल्पा अस्पतालको माग र संघीय संसद् तथा पूर्वमन्त्रीहरू दलबहादुर राना र सोमप्रसाद पाण्डेको विशेष पहलमा बजेट प्राप्त भएको हो।

    दोस्रो लहरको रुपमा फैलिएको कोभिड–१९ महामारीले पाल्पामा पनि भयावह स्थिति सिर्जना भएको छ। सक्रिय संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। ६० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। अक्सिजनकै कारण थप कसैले ज्यान गुमाउन नपरोस् भनेर जिल्लामा नै अक्सिजन प्लान्ट स्थापनाको लागि पहल गरेको रानाले बताए।

    यो बजेटबाट पाल्पा अस्पतालको मातहतमा रहनेगरी अक्सिजन प्लान्ट निर्माण गरिने उनले बताए।

    अक्सिजन प्लान्ट स्थापना तथा पाइप लाइन निर्माणको लागि देशभर १२ वटा जिल्लालाई मात्र बजेट उपलब्ध गराउन सरकारले निर्णय गरेको थियो।

    अक्सिजन प्लान्ट स्थापनाको लागि आवश्यक तयारी थालिएको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताए। उनका अनुसार भवन निर्माणको लागि जग्गा छनोट गर्ने काम सकिएको छ। अक्सिजन प्लान्ट निर्माण गर्न छुट्टै भवन निर्माण हुने छ। संसद विकास कोषको सात लाख बजेट र अन्य स्रोत खोजेर भवन निर्माण गरिने छ।

    त्यसको लागि व्यवस्थापन समितिसहित सरोकारवाला निकायको बुधबार बैठक बसी भवन निर्माण उपभोक्ता समिति गठन गरिने उनले बताए। १५ दिनमा भवन निर्माणको काम सकिने छ। अबको एक महिनामा अक्सिजन प्लान्ट स्थापना हुने पाण्डेले दाबी गरे।

    पहिलो चरणमा तत्काल  दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुने उनको अनुमान छ। अन्य स्रोत खोजेर दैनिक एक सय सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्ने क्षमताको अक्सिजन प्लान्ट निर्माण गरिने उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]