समाज

धनकुटामा संक्रमितको अवस्था बुझ्न जनप्रतिनिधिको टोली घर-घरमा

जेठ ५, २०७८

    धनकुटा : धनकुटा नगरपालिकाको १० वटै वडामा कोरोना संक्रमितको समस्या बुझ्नका लागि जनप्रतिनिधिको टोली खटिएको छ। नगरपालिकाको सबै वडामा रहेका संक्रमितहरुको अवस्था बुझ्न स्वास्थ्य सामग्रीसहित पुगेका हुन्।

    विशेषगरी नगरपालिकाको बजार क्षेत्रमा कोरोना संक्रमित धेरै रहेका छन्। टोलीले नगरपालिकाको हिले, कागते, स्कुलडाँडा, छारागाउँ, भीमनारायण चोक, बीचबजार, हुलाक टोललगायतका ठाउँमा रहेका संक्रमितहरुलाई परामर्श दिइएको छ। होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था, स्वास्थयमा परेका समस्या, परिवार, छिमेकले गर्ने व्यावहारका बारेमा बुझ्नका लागि वडा वडामा पुगेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए।

    नगरपालिकाभित्र रहेका संक्रमितहरुको स्वास्थ्य अवस्था हेरेर उपचारको विधि अपनाउन लागि घरघरमा पुगेर सल्लाह दिइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले बताए। कोरोना संक्रमितलाई आवश्यक परामर्श र स्वास्थ्य सल्लाह खानपिन, सरसफाई, जोखिमको बारेमा जानकारी प्रदान गरिएको छ। उनीहरूलाई आवस्यक सुरक्षा सामग्री, ‍औषधिसमेत वितरण गरिएको छ।

    धनकुटा नगरपालिकामा अहिलेसम्म १६२ जना संक्रमित रहेकोमा ३२ निको भएका छन् एक सय २४ जना होम आइसोलेसन, ६ धनकुटा अस्पतालको आइसुलेसनमा रहेका छन्। संक्रिय संक्रमितमध्ये कसैमा पनि पनि अवस्था जटिल नदेखिएको भण्डारीले बताए।

    नगरका प्रमुख प्रशासकीय अधिकृतदेखि वडाध्यक्षसम्म संक्रमित

    कोरोनाको दोस्रो लहरले जिल्लामा धनकुटा नगरपालिका बढी नै प्रभावित छ। नगरका प्रमुख प्रशासकीय अधिकृतदेखि वडाध्यक्षसम्म संक्रमित बनेका छन्। नगरपालिकाकै काममा रहेको बेला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापादेखि वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो। उनीहरु घरमै बसेर उपचार गरिरहेका छन्। अहिले उनीहरुको स्वास्थ्यमा सुधार हुँदै गएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिए। ‘स्वास्थ्य अवस्था सुधार हुँदैछ सम्भवतः केही दिनमै ठिक हुन्छ होला उहाँहरुलाई।’

    यस्तै, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थापासहित प्राविधिकहरु २ जना र १ जना कार्यालय सहयोगी संक्रमित भएका छन भने वडा नं. ६ का अध्यक्ष नरेश श्रेष्ठ संक्रमित भएका छन्। उनीहरुको सबै होम आइसोलेसनमा बसेका छन् भने स्वास्थ्य अवस्थामा पनि सुधार हुँदै गएको भण्डारीले बताए। ‘संक्रमण पुष्टि भएपछि तयारीका साथ उपचार भइरहेको छ।’ स्वास्थ्य शाखा प्रमुख भण्डारीले भने, ‘सबै संक्रमितसँग नियमित सम्पर्क गरेर स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको छ।’

    ‘संक्रमित भएको १३ दिन भयो अहिले अलि ठिक भयो।’ वडाध्यक्ष श्रेष्ठ भने ‘३ दिनजति निकै समस्या भयो तैपनि घरैमा उपचार गरे, सबैलाई सचेत हुन आग्रह गर्दछु।’

    उच्च निगरानी थालियो : नगर प्रमुख तामाङ

    धनुकुटामा कोरोना संक्रमित दैनिक परीक्षण गरिएका मध्ये ५० प्रतिशत बढीलाई संक्रमण देखिएपछि उच्च निगरानी थालिएको छ। धनकुटा नगरपालिकामा पछिल्लो २४ घण्टामा २३ जनाको परीक्षण गरिएकोमा १२ जनाको नतिजा पोजेटिभ आएको छ। ती सबैको संक्रमितको सम्पर्कमा आएकाको परिक्षण गरिएको हो। संक्रमित सबैको र उनीहरुको सम्पर्कमा रहेकाहरुको जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वंयसेवीकाले उच्च निगरानी गरिरहेको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले बताए।

    होम आइसोलेसनमा बसेका सबैको अवस्था सामान्य रहेको तामाङले बताए। उनीहरुको स्वास्थ्य अवस्थाबारे दैनिक जानकारी लिँदै आएको उनले बताए। ‘पायक पर्ने ठाउँमा सम्बन्धित स्वास्थ्यकर्मीले उनीहरूको नियमित स्वास्थ्य परीक्षण गरिरहेको र टाढा रहेकाको बारेमा फोन सम्पर्क गरेर स्वास्थ्य बुझ्दै आएका छौँ’ नगर प्रमुख तामाङले भने, ‘टाढा रहेकालाई समस्या आएमा स्वास्थ्यकर्मी खटाइने छ।‘

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]