समाज

बैतडीमा बन्‍ने भयो अक्सिजन प्लान्ट, १ करोड ५० लाख बजेट

जेठ ५, २०७८

    बैतडी : जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। प्लान्ट स्थापनाका लागि  संघीय सरकारले  मंगलबार १ करोड ५० लाख बजेट विनियोजन गरेसँगै गरेको हो। 

    पूर्व अर्थराज्यमन्त्री तथा बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीको पहलमा अर्थ मन्त्रालयबाट उक्त बजेट विनियोजन भएको हो। नयाँ भेरियन्टसहितका कोरोना संक्रमतिहरु थपिँदै गएपछि अहिले जिल्ला अस्पताल बैतडीमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव रहेको छ।

    कोरोना भाइरस लक्षित मात्रै नभई बैतडीमा निर्माणधीन ५० शैय्याको अस्पतालमा सधैँभरि अक्सिजन प्लाण्टको आवश्यकता रहेको भन्दै उक्त रकम छुट्याइएको प्रतिनिधिसभा सदस्य भण्डारीले बताए। उनले भने,‘हाल कोभिड महामारीलाई केन्द्रित गर्दै निकट भविष्यमै उक्त प्लान्ट ५० शैय्याको अस्पतालका लागि पनि सहयोग पुग्ने गरी बजेट छुट्याउन लगाएका हौं’साथै उनले उक्त प्लान्ट निर्माण कार्यलाई चाँडोभन्दा चाँडो सुरु गरिने पनि बताए। 

    बैतडीमा अक्सिजन प्लान्ट नहुँदा सिलिण्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था रहेको छ। बैतडीमा अक्सिजन प्लान्ट स्थापना भएपछि आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सकिने जनाइएको छ।

    उक्त प्लान्ट निर्माणका लागि टेण्डर आह्वान गरिने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए।  अक्सिजन प्लान्ट गर्न आवश्यकता रहेको थियो।  यसबीचमा बजेट बिनियोजन भएको छ।  उनले भने,‘छिट्टै टेण्डर आह्वान गरेर प्रक्रिया अगाडी बढाउछौं, केही महिनामै प्लान्ट स्थापना हुन्छ’

    यसअघि सुदूरपश्चिम प्रदेश सरकारलाई पनि बैतडी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ८० लाख बजेट विनियोजन गरेको थियो। त्यसको लागि भने टेण्डर  आह्वान भइसकेको  छ।

    अहिले प्रदेश र संघ सरकारबाट बजेट आएकाले यो दुवै बजेटको कसरी सदुपयोग गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको अस्पतालका प्रमुख डाक्टर जोशीले बताए। प्रदेश सरकारले उपलब्ध गराएको बजेटले स्थापना गर्ने भनिएको प्लान्टका लागि टेण्डर भइसकेको छ उनले भने, ‘अब दुईवटा प्लान्ट बनाउने अथवा के गर्ने भन्ने विषयमा छलफल हुन बाँकी छ, एकदुई दिनभित्रै टुंगो लाग्छ।’

    भारतसँग सीमा जोडिएको बैतडीमा हाल ९ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ११ जनाको ज्यान गइसकेको छ।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]