काठमाडौं : नेपालमा अध्ययन सकेर विदेश जाने चिकित्सकको संख्या ह्वात्तै बढेको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार पछिल्लो चार वर्षमा नेपालब...
बाँके : अनलाइन पत्रकार संघ, बाँकेले साताव्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ। कोरोना संक्रमित बिरामीलाई लक्षित गरी संघले साताव्यापी रक्तदान कार्यक्रम सुरु गरेको हो।
कोरोना संक्रमण बढेसँगै बाँकेमा रगत अभाव भएको खबर बाहिरिएपछि साताव्यापी रक्तदान कार्यक्रम बुधबारबाट सुरु गरेको संघका अध्यक्ष कमल न्यौपानेले जानकारी दिए।
उनले संकलित रगत कोरोना संक्रमित बिरामीलाई दिइने बताउँदै आवश्यक परे अन्य बिरामीलाई समेत दिन सकिने बताए। रगत अभावमा बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उनले बताए। उनले रक्तदान जस्तो पुण्य कार्यमा सहभागी हुन अपिलसमेत गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।