राजनीति

भोलिको उपनिर्वाचन : एमालेका उम्मेदवार गृहमन्त्री थापा हेटौंडामा

फाइल फोटो
जेठ ५, २०७८

    हेटौंडा : भोलि हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनको लागि गृहमन्त्री रामहादुर थापा हेटौंडा आइपुगेका छन्।

    बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यका लागि भोलि बिहीबार हेटौंडामा उपनिर्वाचन हुँदैछ। सोही उपनिर्वाचनको लागि गृहमन्त्री थापा केहिबेर अघि हेटौंडा आइपुगेका हुन्। नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अनुसार भोलि हुने उपनिर्वाचनको उम्मेदवारसमेत रहेका गृहमन्त्री थापा केहीबेर अघि हेटौंडा आइपुगेका हुन्।

    नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका गृहमन्त्री थापा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो।

     भोलि हुने उपनिर्वाचनमा एक पदको लागि ३ जनाले प्रतिष्पर्धा गर्दैछन्। उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट गृहमन्त्री थापा, स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङबीच प्रतिस्पर्धा हुने भएको छ।

    देवकोटालाई कांग्रेस र नेकपा माओवादीलगायत दलको सहयोग छ भने नेकपा एमालेको खनाल नेपाल पक्षको पनि समर्थनमा उम्मेदवार बनेका थिए। नेमकिपाका उम्मेदवार तामाङसँग जित्न पुग्ने मत छैन। त्यसैले नेकपा एमालेका उम्मेदवार थापा र स्वतन्त्र उम्मेदवार देवकोटाबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ।

    बागमती प्रदेशसभामा कुल ११० सांसद रहेकोमा एक सांसदको निधन भएसँगै १०९ सांसदले मत दिँदैछन्। डा. देवकोटालाई माओवादीका २३ सांसद, कांग्रेसका २२ गरी कुल ४५ जना प्रदेश सांसदले मत दिने सम्भावना छ भने गृहमन्त्री थापालाई नेकपा एमालेका ५६ सांसदले मत दिने भए पनि खनाल नेपालनिकट डा. देवकोटा भएका कारण ह्वीप उल्लंघन हुनसक्ने सम्भावना देखिएको छ।

    नेकपा एमाले विभाजन नै हुने अवस्थामा पुगेपछि पछिल्लो  समय एमाले अध्यक्ष ओली र नेता नेपाल बीच छलफल भइरहेको छ भने एमालेको विवाद मिलाउन समिति पनि गठन गरिएको छ।

    चुनावमा सहभागी हुने मतदाताले ७२ घण्टाभित्रको कोरोनाको पिसिआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले बताएका छन्। कोभिड संक्रमण नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख, उप–प्रमुख, अध्यक्ष र उपाध्यक्षलाई मतदान केन्द्र ‘ख’ मा, र कोरोना संक्रमण देखिएकालाई मतदान केन्द्र ‘ग’ मा  मतदान गर्ने व्यवस्था मिलाईएको उनले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]