स्वास्थ्य

कोभिसिल्डको दोस्रो डोज खोप लगाउन छुटेकालाई दिइने

जेठ ६, २०७८

    काठमाडौं : सरकारले बाँकी रहेको कोभिडविरुद्धको  कोभिसिल्ड खोप यसअघि दोस्रो मात्रा लगाउन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई दिने निर्णय गरेको छ।

    यस्तै २३ फागुन अघि पहिलो प्राथमिकतामा परी खोप लगाएका तर दोस्रो मात्रा लिन छुट भएकाहरुले समेत खोप लगाउन सक्ने छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको आइसीएस कमाण्डको बैठकले प्रदेश तथा जिल्लामा मौज्दात रहेको कोभिसिल्ड खोप कोभिड १९ को महामारीमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मी लगायत २३ फागुन भन्दा अघि पहिलो प्राथमिकतामा परी दोस्रो मात्रा लिन छुट भएका व्यक्तिलाई लगाउने निर्णय गरेको हो।

    यस्तै बैठकले भेरोसेलको दोस्रो मात्रा सञ्चालन गरिएका काठमाडौँ उपत्यकाका तीन सहित अरु चारवटा जिल्लामा समय तालिका नबाझिने गरी कार्यक्रम सञ्चालन गर्न भनेको छ।

    अहिलेसम्म नेपालमा कोभिसिल्ड र भेरोसेल गरी पहिलो मात्रा खोप लिनेको संख्या २५ लाख पुगेको छ भने  दोस्रो मात्रा लिनेको संख्या ७ लाख नाघेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]