फिचर : फोटो फिचर

वर्षाबीच यसरी हुँदै छ मतदान (फोटो फिचर)

जेठ ६, २०७८

     हेटौंडा : बागमती प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा हेटौंडामा मतदान जारी छ। मौसमले साथ नदिएर पानी परिरहेको भए तापनि राष्ट्रियसभाको रिक्त एक सदस्य पदको लागि प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयको भवनमा बिहान ९ बजेबाट मतदान जारी रहेको हो। मतदाताहरू छाता ओढेर मतदानस्थल पुगेर मतदान गरिरहेका छन्।

    निर्वाचनमा सत्तारुढ दल नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, प्रतिपक्ष गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार बागमती प्रदेश नीति तथा योजना आयोगका पूर्व अध्यक्ष डा खिमलाल देवकोटा र नेमकीपाका तर्फबाट कृष्णबहादुर तामाङ गरी ३ जना उम्मेदवार चुनावी मैदानमा छन्।

    निर्वाचनका लागि बागमती प्रदेशका १ सय १९ वटा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र विवेकशील साझा पार्टीका सांसद बाहेक बागमती प्रदेशसभाका १ सय ६ जना सदस्यहरु मतदानका लागि हेटौंडा आउने क्रम जारी रहेको छ।

    ​मतदानका लागि विद्यालयको गेट नम्बर २ बाट मतदान स्थलको प्राङ्गणमा प्रवेश गराइ मतदान स्थल बाहिर मतदातालाई होल्डिङ गर्ने र लाइन मार्फत विद्यालयको गेट नम्बर ४ मा मेडिकल डाक्टरसहितको हेल्थ डेस्कको स्थापना गरिएको छ।

    उक्त गेटमा ज्वरो नाप्ने, सेनिटाइजर, मास्क, प्रयोग गर्ने लगाउने, मतदाता नामावली चेकजाँच गर्ने काम गरेर मतदानका लागि प्रवेश गराउने व्यवस्था गरिएको छ।

    निर्वाचन अधिकृत डिल्लिराम श्रेष्ठले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म ८८ जना प्रदेशसभा सदस्य , १८९ जना स्थानीय तह प्रतिनिधि र २४ जना कोरोना सङ्क्रमित मतदाताले मतदान गरिसकेका छन्।

    उपनिर्वाचनका लागि ३४८ जना मतदाता रहेकोमा प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणबाट निधन भएपछि ३४७ मतदाता छन्। हाल बागमती प्रदेशको प्रदेशसभा सदस्य १०९ जना छन्। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख गरी २३८ जना मतादाता रहनेछन्। मतदानको नतिजा आजै आउनेछ।

    केही तस्विर झलक :

                                                                                तस्वीरहरू गोरखापत्रबाट

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]