स्थानीय निर्वाचन-२०७९

बैतडीमा पहिलोपटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

जेठ ६, २०७८

    बैतडी : बैतडीमा पहिलोपटक एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु  भएको छ।

    मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-४ का ४५ वर्षीय पुरुष छन्। उनी जिल्ला अस्पताल बैतडीमा मेडिकल रेकर्डरका रुपमा कार्यरत थिए।

    डडेल्धुरा अस्पतालमा उपचार क्रममा बिहीबार उनको मृत्यु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। गत वैशाख १८ गते कोरोना पुष्टि भएका ती स्वास्थ्यकर्मीलाई गत शुक्रबार मात्रै जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा पठाइएको थियो।  

    बैतडीमा हालसम्म ४६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।  

    आज मृत्यु भएका स्वास्थ्यकर्मीसँगै बैतडीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। यसअघि जेठ २ गते पाटन नगरपालिका ८ का ३४ वर्षीय पुरुषको पनि डडेल्धुरा अस्पतालमै मृत्यु भएको थियो।

    साथै जेठ १ गते दशरथचन्द नगरपालिका-४ का २६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा वैशाख २८ गते दशरथचन्द नगरपालिका-४ का ६४ वर्षीय पुरुषको सुदूरपश्चिम सामुदायिक अस्पताल कैलालीमा मृत्यु भयो। 

    वैशाख २७ गते दशरथचन्द नगरपालिका ५ की ६२ वर्षीया महिलाको जिल्ला अस्पताल बैतडीका मृत्यु भएको थियो। 

    यसअघि वैशाख २५ गते मेलौली नगरपालिका २ का ५८ वर्षीय पुरुषको जिल्ला अस्पतालमा, वैशाख २४ गते  पाटन नगरपालिका ४ का ४० वर्षीय पुरुष धनगढी रेफर गरेकोमा बाटोमै, वैशाख २२ गते  पाटन नगरपालिका-१ का ४२ वर्षीय  पुरुषको जिल्ला अस्पतालमा, वैशाख १८ गते दशरथचन्द नगरपालिका ५ का ३२ वर्षीय पुरुषको सेती  प्रादेशिक अस्पताल र वैशाख १३ गते दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३२ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको थियो।  

    यस्तै गत माघ ६ गते पुर्चौडी नगरपालिका ३ का ३० वर्षीय पुरुषको भारतबाट घर फर्किदै गर्दा घर नजिकै र गत पुस १६ गते दशरथचन्द नगरपालिका-४ का ७७ वर्षीय पुरुषको घरमै कोरोनाका कारण मृत्यु भएको थियो।  

    बैतडीमा हाल कोरोनाका ८ सय बढी सक्रिय संक्रमित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]