राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीको अधिनायकवादी शासनशैली: विवेकशील साझा

जेठ ९, २०७८

    काठमाडौं :  विवेकशील साझा पार्टीले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्ने आकाङ्क्षाको सुनियोजित निरन्तरता भएको जनाएको छ।

    पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘संसद् विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता सञ्चालन गर्ने ओली र भण्डारीको पुरानै आकाङ्क्षाको सुनियोजित निरन्तरता हो।

    कोरोनाले मुलुक आक्रान्त बनिरहेको तथा औषधि, अक्सिजन, अस्पताल, शय्या नपाएर नागरिक रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनहीन क्रुरता भएको विवेकशील साझाले जनाएको छ।

    अहिले कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्ने विवेकशील साझाको निस्कर्ष छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]