समाज

कानुन विपरित क्रसर चलाउने उद्योगको सेवा कटौती गर्ने प्रशासनको चेतावनी

जेठ ९, २०७८

    दाङ : बालुवा प्रशोधनको अनुमति लिई कानून विपरित  क्रसर उद्योग संचालन गर्ने दाङका १० वटा उद्योगको सेवा कटौती गर्न जिल्ला प्रशासन कार्यालय दाङले चेतावनी दिएको छ।

    आइतबार एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले यस्तो चेतावनी दिएका हुन।  ति उद्योगहरुलाई गत वर्षको मंसिर ४ गते क्रसर उद्योग सम्बन्धि सम्पूर्ण काम बन्द गर्न प्रशासनले निर्देशन दिएको थियो।

    तर, ति उद्योगहरुले त्यसको अवज्ञा गरी क्रसरको कार्य गराएको हुनाले त्यस्ता उद्योगहरुमा जोडिएका विद्युत, खानेपानी लगायतका सेवा सुविधाहरु बन्द गरिनुकासाथै उद्योग र सञ्चालक समेतको बैंक खाता, कारोबार लगायतका कामहरु रोक्का गरिने प्रशासनले चेतावनी दिएको छ।

    बालुवा प्रशोधनको अनुमति लिएर क्रसर चलाउनेमा बिजौरीस्थित स्वर्गद्वारी प्लान्ट, सोही ठाउँकै जनविश्वास बलुवा वासिङ उद्योग, तुलसीपुरको गणेश बालुवा वासिङ उद्योग, तुलसीपुरको के एण्ड एस बालुवा प्रशोधन उद्योग, तुलसीपुरकै मंगलम बालुवा प्रशोधन उद्योग,सतबरियाको बगारबाबा बालुवा प्रशोधन उद्योग रहेका छन्।

    त्यस्तै लमहीको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बेलाको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, बेलाकै पूर्णागिरी एगृगेट बालुवा वासिङ उद्योग र बबई गाउँपालिका–६ मा रहेको कृप्रभिज्ञा बालुवा वासिङ उद्योग हुन्।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]