इलाम : इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका ५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्र...
गुल्मी : अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न पत्रकार महासंघ गुल्मीले गुल्मी अस्पताललाई ६० लाख प्रदान गरेको छ।
सोमबार गुल्मी अस्पतालका डाक्टर उत्तम पच्यालाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले एक कार्यक्रमबीच ६० लाख रुपैयाँको चेक प्रदान गरेका हुन्।
पत्रकार महासंघ गुल्मीले जिल्लामा अक्सिजन अभाव नहोस् भनेर वैशाख २५ गतेदेखि जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग अभियान सञ्चालन गरेको थियो।
सोही सहयोग अभियान मार्फत संकलित ६० लाख रुपैयाँको चेक गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न प्रदान गरिएको गुल्मी शाखाका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए।
जिल्लामा बिरामीहरुले अक्सिजन नपाएकै कारण अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन थालेको भन्दै यसअघि महासंघले पाँच लाख रुपैयाँ बराबरको २० वटा ठूला भरिएका अक्सिजन सिलिन्डर अस्पतालाई प्रदान गरेको थियो।
जिल्लामा पछिल्लो समयमा संक्रमित बढ्दै गएको सन्दर्भमा सिलिन्डर भर्नेलगायत विभिन्न्न समस्या आउने भएकाले अक्सिजन प्लान्ट स्थापना नै उत्तम भएको भन्दै अभियान संचालन गरिएको थियो। देश तथा विदेशबाट करिब ७० लाख रुपैयाँ संकलन भएको नेपाल पत्रकार महासंघ गुल्मीले जनाएको छ।
गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि नेपाल सरकारको करोड रुपैयाँ विनियोजन भएको छ। नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा उक्त रकम विनियोजन भएको हो।
यस्तै जिल्लामा पाँच बेडको आइसियु संचालन गर्न मन्त्री ज्ञवालीको पहलमै एक करोड रुपैयाँ विनियोजना भएको छ।
पत्रकार महासंघ गुल्मीबाट प्राप्त रकम र नेपाल सरकारको एक करोड रुपैयाँलाई एकमुष्ठ राखी निर्माण कार्य बढाइने गुल्मी अस्पतालका डाक्टर पच्याले जानकारी दिए।
६० लाख रुपैयाँको चेक ग्रहण गर्दै पच्याले पत्रकार महासंघ गुल्मीले देशमै नमुना कार्य गरेको भन्दै धन्यवाद दिए। पत्रकार महासंघ गुल्मीको अभियानले सार्थकता पाएको भन्दै जतिसक्दो छिटो अक्सिजन प्लान्ट स्थापना गर्न अस्पताल विकास समिति लाग्ने उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।