राजनीति

सभामुख सापकोटाले पूर्व सभामुखहरूसँग आज छलफल गर्दै

जेठ ११, २०७८

    काठमाडौं  ः प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग छलफल गर्ने भएका छन्।  सभामुख सापकोटाले आज दिउँसो १ बजे पूर्व सभामुखहरूसँग छलफल गर्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।  

    प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछिको अवस्थाका बारेमा छलफल गर्न सभामुख सापकोटाले पूर्व सभामुखलाई बोलाएको सचिवालयले  जनाएको छ। 

    सापकोटाले २०४८ सालपछिका सभामुखहरू दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई छलफलमा बोलाएका हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]